गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलमा नवलपुर च्याम्पियन, हिमाल बने सर्बाेत्कृष्ट
महिलातर्फ पर्वतलाई उपाधि
पाेखरा | बैशाख १२, २०८१
पोखरा: गोरखाको बारपाकमा सम्पन्न गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा नवलपुर च्याम्पियन बनेको छ ।
बारपाकको खेलमैदानमा आज भएको फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ३–२ को सेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै नवलपुरले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको स्याङ्जाले नगद रु ७५ हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगितामा नवलपुरका हिमाल सुनारीमगर सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

यस्तै महिलातर्फ भने पर्वतले म्याग्दीलाई ३–२ को सेटले पराजित गर्दै विजयी बन्यो ।
महिलातर्फपनि विजेता र उपविजेता टोलीले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्याे । महिलातर्फ पर्वतकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत बनिन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

